जिल्ला शिक्षा अधिकारीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जिल्ला शिक्षा अधिकारीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली नियुक्ति पत्र बनाई नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको आरोपमा साविक जिल्ला शिक्षा कार्यालय धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी मण्डलसहित दुईजानाविरुद्ध मुद्दा दायर गरिएको हो ।

शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको र त्यही आधारमा पदस्थापन पनि भएको देखिएको भन्दै मण्डलले भ्रष्ट्राचार गरेको दाबी अख्तियारको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका-९ स्थित रामजानकी प्राविमा पढाउँदा आएकी निलकुमारी यादवलाई पनि प्रतिवादी बनाइएको छ ।

यादव २०७१ असोज ७ गते जिल्ला शिक्षा कार्यालयको पत्रले किसानपुरस्थित भानु उच्च माविबाट रामजानकी प्राविमा दरबन्दी भई पदस्थापन भएकी थिइन् । अख्तियारका अनुसार भानी उच्च माविमा यादवको शिक्षक नियुक्ति पत्र नै नक्कली रहेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस