दिनेश कोइरालालाई निशर्त केन्द्रीय समितिमा फर्काउन शेखर समूहको दबाब « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

दिनेश कोइरालालाई निशर्त केन्द्रीय समितिमा फर्काउन शेखर समूहको दबाब


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले दिनेश कोइरालालाई केन्द्रीय कार्य समितिमा पुनस्थापित गर्न नचाहेपछि शेखर-गगन समूहले यसलाई बटमलाइन बनाउने भएको छ ।

कोइरालमाथिको कारबाही फिर्ता भए पनि केन्द्रीय सदस्य पद फिर्ता भएको छैन ।

गत प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवार बनेका कोइरालालाई एमालेले समर्थन गरेर आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई फिर्ता गरेको थियो । कोइरालाले १२ हजार २७५ मत पाएका थिए ।

चितवन २ मा उपचुनावका बेला काँग्रेसले दिनेश कोइरालासहित सबै बागी तथा बागीका समर्थकहरूको कारबाही फिर्ता गरेको थियो । कोइरालाको कारबाही फिर्ता भए पनि केन्द्रीय सदस्य कायम नगराउन संस्थापन पक्षले प्रयास गरिरहेको समीक्षा शेखर समूहको भेलामा भएको छ ।

कोइराला पनि भेलामा सहभागी छन् । उनी केही दिनअघि बालकृष्ण खाँणलाई भेट्न केन्द्रीय कारागारसमेत गएका थिए । शेखर पक्षले दिनेशलाई निशर्त केन्द्रीय समिति बैठकमा सहभागी गराउन सभापतिसमक्ष माग गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस