अनुसन्धानको क्रममा कोरियामा रोकिए दीपशिखा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अनुसन्धानको क्रममा कोरियामा रोकिए दीपशिखा


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोट ‘दीपशिखा’ दक्षिण कोरियामा अनुसन्धानमा परेका छन् ।

अगस्ट दोस्रो साता दक्षिण कोरिया पुगेका उनको साथबाट चिकित्सकको प्रेस्किप्सनविनाको औषधि भेटिएपछि भन्सार अधिकारीले अनुसन्धान थालेको बताइएको छ । दीपशिखाले लगेको औषधि कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएको एन्जाइटीको भएको बताइएको छ ।

यसैबीच दक्षिण कोरियास्थित नेपाली दूतावासले प्रेस नोट जारी गर्दै भन्सार अधिकारीले प्रेसकिप्सनविनाको औषधि भेटेकाले केही कागजात माग गरेका कारण सापकोटा कोरियामा रोकिएको जनाएको छ ।

‘भन्सार अधिकारीहरूले मागबमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेका कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको ब्यहोरा जानकारी गराइन्छ’, दूतावासले भनेको छ ।

यसैबीच दीपशिखाले नेपाली जन प्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन आउने क्रममा राजदूत प्याकुरेलको औषधिको प्रेसकिप्सन नभएकाले कोरियामा रोकिएको बताएका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘अन्जानबस डाक्टरको प्रिस्किप्सन मसँग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सनसहित अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदूतावासले मागेका डकुमेन्टहरू बुझाइसकेको छ । भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केही पनि होइन । नियतबस कुनै कमजोरी नगरेको कारण चाडै नेपाल फर्कनेमा विश्वस्त छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस