शेखर समूहको भेलामा मिनेन्द्र रिजाल पनि सहभागी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शेखर समूहको भेलामा मिनेन्द्र रिजाल पनि सहभागी


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको संस्थापन इतर पक्षको छुट्टै भेला सुरु भएको छ ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेताहरू जुटेका हुन् । बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायत कोइराला पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सहभागी छन् ।।

शेखर-गगन समूहको भेलामा यसअघि कतैतिर नखुलेका र देउवाले केन्द्रीय कार्य समिति सदस्य मनोनीत गरेपछि उनैतिर ढल्किएको भनिएका मिनेन्द्र रिजालसमेत सहभागी भएका छन् । त्यस्तै चितवनमा स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थनमा चुनाव लडेपछि कारवाहीमा परेका दिनेश कोइराला पनि भेलामा सहभागी छन् ।

काँग्रेसको बैठक असोज ४ मा बस्दैछ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् । तर, इतर पक्षको भेलामा नेता कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाए पनि सहभागी भएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस