विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर क्यापछाकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा श्री आधारभूत विद्यालय नाङराङ्गे उदयपुरका विव्यसका पूर्व अध्यक्ष क्यापछाकीविरुद्ध मुद्दा दायर गरिएको हो ।

उदयपुरको उदयपुरगढी गाउँपालिका-७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विव्यसका पूर्व अध्यक्ष क्यापछाकीले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखी निर्णय गराई विद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी लगाउने भन्ने शर्तमा विद्यालयको बचतको रूपमा रहेको तथा विद्यालयलाई प्रोत्साहन स्वरूप प्राप्त एक लाख नब्बे हजार रुपैयाँ श्री आधारभूत विद्यालय नाङराङ्गेका तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाई गरी लिएकोमा हालसम्म फिर्ता नगरी हिनामिना गरेको अख्तियारको दाबी छ ।

क्यापछाकीले सार्वजनिक सम्पत्ति हानी नोक्सानी-हिनामिना गरेको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम एक लाख नब्बे हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देशन गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिमको जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कैद सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस