वडा नेतृत्व चयनका लागी पनि रास्वपाले चुनाव गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वडा नेतृत्व चयनका लागी पनि रास्वपाले चुनाव गर्ने


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समितिको नेतृत्व चयनको लागि पनि चुनाव गर्न निर्देशन दिएको छ ।

पार्टीको नियम बमोजिम आफ्नो सदस्यता विवरणमा मतदाता परिचय पत्र अनिवार्य अनलाइन अपलोड भएका पार्टी सदस्यता लिएका सबैले वडा समितिमा रहनको लागि उम्मेदवारी दिन सक्ने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाएका छन् ।

वडाको उम्मेदवार बन्न एक सय रुपैयाँ शुल्क लाग्ने विज्ञप्तिमा उल्लेख छ । कार्तिक १० गते देखि १६ गते सम्म मतदान हुने र २० गतेभित्र परिणाम ल्याइसक्न भनेको छ ।

वडा समितिमा ११ जना निर्वाचित सदस्यहरू (आरक्षण: ११ मध्ये दलित १ जना, महिला ४ जना, ४५ वर्ष मुनिका युवा ६ जना) हुनेछ। निर्वाचित मध्ये वडा सभापति, उपसभापति र सचिव छनौट हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस