हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।

मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता असाधारण सेयर निष्कासनमा ल्याएको थियो ।

आवेदकले न्युनतमा २० कित्ताको लागि आवेदन दिनुपर्ने उक्त आईपीओमा माग भन्दा बढी आवेदन गरेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेकोमा तीन हजार २८२ आवेदन रद्ध भएर १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

योग्य आवेदकमध्येबाट गोला प्रथाले २४ लाख २७ हजार ७५० कित्ता सेयर २० कित्ताको दरले बाँडफाँट गर्दा एक लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

त्यसमध्ये १० आवेदकले थप एक कित्ता अर्थात् कुल २१ कित्ताका दरले सेयर प्राप्त गरेका छन् । अन्य आवेदकको भने हात खाली भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस