ओलीको आरोप : भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न सकेन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीको आरोप : भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न सकेन


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन्। ओलीले खशी, बोकालगायत वस्तु चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताए।

राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए।

अध्यक्ष ओलीले मुलुकका लागि विद्युत् पर्याप्त नभए पनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रूपमा लोडसेडिङ मुक्त गराएको दाबीसमेत गरे।

अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस