पहिराले महाकाली राजमार्ग अवरुद्ध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पहिराले महाकाली राजमार्ग अवरुद्ध


१ आश्विन २०८०, सोमबार


बैतडी । अविरल वर्षापछि आएको पहिराले महाकाली राजमार्ग अवरुद्ध भएको छ । 

वर्षापछि बैतडीको सतबाँझ-गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११:३० बजे सडक माथिबाट पहिरा खस्दा राजमार्ग अवरुद्ध बनेको हो । 

राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रूपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनका अनुसार अहिले यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् ।  

पहिरा पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस