एसिया कप फाइनलमा श्रीलङ्काविरुद्ध बलिङ गर्दै भारत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसिया कप फाइनलमा श्रीलङ्काविरुद्ध बलिङ गर्दै भारत


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । एसिया कप क्रिकेट २०२३ को फाइनलमा श्रीलङ्काले टस जितेको छ । 

कोलम्बोमा टस जितेर श्रीलङ्काका कप्तान दसुन शनाकाले ब्याटिङ रोजेपछि भारतले बलिङको निम्तो पाएको हो । श्रीलङ्काले केहीबेरमा ब्याटिङ थाल्नेछ । 

एसिया कपमा भारत र श्रीलङ्का सर्वाधिक सफल टिममा पर्छन् । भारतले ७ पटक र श्रीलङ्काले ६ पटक उपाधि जितेको छ । यस्तै पाकिस्तानले २ पटक उपाधि जितेको छ । एसिया कपको यो १६ औँ संस्करण हो ।

Tags :
प्रतिक्रिया दिनुहोस