डोटी । करदाता सेवा कार्यालय डोटीले करदाता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
पुर्बिचौकी गाउँपालिकासँगको समन्वयमा पालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक, लेखापाल र स्थानीयव्यापारीहरुलाई अभिमुखीकरण गरिएको हो ।
कर शिक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा विभिन्न विषयवस्तुको बारेमा जानकारी गराएको करदाता सेवा कार्यालय डोटीका प्रमुख अमर थापाले बताए । अभिमुखीकरण कार्यक्रममा कारोबार दर्ता प्रक्रिया, कर तिर्ने समय र प्रक्रिया, आय विवरण बुझाउने समय, समयमा कर नतिर्दा हुने जरिवाना, प्रधानाध्यापक र लेखापालहरूलाई भुक्तानीमा हुने करकटटीको बारेमा जानकारी गराइएको समेत प्रमुख थापाले बताए।
पुर्विचौकी गाउँपालिका वडा नम्बर ४ सानागाउँमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, व्यापारी लगायत उपस्थीत थिए ।