काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघको नेतृत्व तोकेर असोज २५ भित्रमा समिति पुनर्गठन गर्न निर्देशन दिएको छ।
त्यसका लागि जसपाले कोशीमा यज्ञ राई, मधेसमा विन्देश्वर राय यादव, बागमतीमा सुरेश मोक्तान, गण्डकीमा पूर्ण मोक्तान, लुम्बिनीमा रामबिलास यादव, कर्णालीमा सोनाम लामा र सुदूरपश्चिममा बलराम चौधरी इन्चार्जको जिम्मेवारी दिएको हो।
जसपाले इन्चार्जको जिम्मेवारी पाएकालाई असोज २५ गतेभित्र प्रदेश समिति गठन, पुनर्गठन गर्नुपर्ने, महासङ्घ अन्तर्गतका १५ वटै घटक सङ्गठनहरू कार्तिक मसान्तसम्म गठन, पुनर्गठन गरिसक्नु पर्ने भनेको छ। शिक्षण, सदस्यता वितरण तथा जिल्ला प्रतिष्ठानसम्म सङ्गठन विस्तारको योजना बनाएको महासङ्घले जनाएको छ ।