चिकित्सक सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने  « प्रशासन
Logo ६ आश्विन २०८०, शनिबार
   

चिकित्सक सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने 


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । चिकित्सक आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन्।

सङ्घले शनिबार विज्ञप्ति जारी गरी आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषणा गरिएको छ।

सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको साङ्घातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित छन्। 

यो प्रकरणमा प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ। आक्रमण गर्नेहरूलाई कारबाहीको सुनिश्चित हुनुपर्ने पनि उनीहरूको माग छ।

Tags :
प्रतिक्रिया दिनुहोस