आज यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

आज यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


३० भाद्र २०८०, शनिबार


काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस