बढ्यो इन्धनको मूल्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बढ्यो इन्धनको मूल्य


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १.१२ र डिजेलको २.९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस