दीपक मनाङेले गरे नेकपा एसको केन्द्रीय परिषद् सदस्य पद अस्वीकार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दीपक मनाङेले गरे नेकपा एसको केन्द्रीय परिषद् सदस्य पद अस्वीकार


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले नेकपा एसको केन्द्रीय परिषद् सदस्य पद अस्वीकार गरेका छन् । मनाङेले शुक्रबार विज्ञप्ति जारी गर्दै यो निर्णय र जिम्मेवारी आफूसँग सल्लाह नगरी दिइएको भन्दै तत्काललाई उक्त पदमा नबस्ने जनाएका छन् ।

उनले जनताबाट निर्वाचित जनप्रतिनिधिहरू संसदीय कामकाजमै व्यस्त रहनुपर्ने भन्दै एकै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो नभएकाले सो पद अस्वीकार गरेको जनाएका छन् ।

मनाङले भनेका छन्, ‘मलाइ दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ । युवाहरूलाई अगाडी बढाउने कुरामा मेरो सधैँ समर्थन रहन्छ । एक व्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु ।’

मनाङबाट स्वतन्त्र जितेका मनाङे गण्डकी प्रदेशमा नेकपा एस निल भएपछि सो पार्टीमा प्रवेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस