आफूलाई असहयोग गरेको भन्दै डिएसपीको सरुवा गरिदिन गृह मन्त्रालयलाई हर्क साम्पाङको पत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आफूलाई असहयोग गरेको भन्दै डिएसपीको सरुवा गरिदिन गृह मन्त्रालयलाई हर्क साम्पाङको पत्र


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई असहयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्ललाई सरुवा गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्र पठाएका छन् ।

मेयर सम्पाङ्गले भदौ २७ गते आवश्यक कारबाहीका लागि भन्दै गृह मन्त्रालयलाई पत्र लेखेका हुन् । उनले लेखेको पत्रमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख मल्लले आफूलाई असहयोग गरेको उल्लेख छ ।

उनले पत्रमा स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाई केही गर्न नमान्ने र ढुङ्गा गिटी बालुवा तस्करलाई पक्राउ गर्न नजाने स्थानीय शान्ति सुरक्षा खासै काम नगर्ने उल्लेख गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बोधार्थ गरिएको पत्रमा मल्ल सार्वजनिक जग्गा अतिक्रमण, तस्करको अतिक्रमण रोक्न समयमा नआएको उल्लेख छ ।

उनले पत्रमा नगर डिएसपी मल्लले नगर प्रमुखलाई गाली बेइज्जती गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी अनुसन्धान नगरेको, आफूले दिएको उजुरीसमेत दर्ता नगरेको आरोप लगाउँदै पत्रमा मेरो घरमा आक्रमण भइरहेको छ भनेर उप मेयरले जानकारी गराउँदा समेत प्रहरी नपठाएको आरोप लगाएका छन् । उनले मल्लले स्थानीय सरकारको आदेश नमानेको भन्दै सरुवा गरी अर्को डिएसपी पठाइदिन आग्रह गरेका छन् ।

केही दिन अघि मेयर साम्पाङले आफूलाई प्रश्न गर्ने अशोक लिम्बुलाई नगर प्रहरी लगाएर पक्राउ गरेका थिए । सो विषयमा मल्लले सहयोग नगरेको आक्रोश स्वरूप उनले सरुवाका लागि पत्र पठाएको नगरपालिका श्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस