वित्त र मौद्रिक नीति समन्वय गर्ने काम चुनौतीपूर्ण देखियो : प्रधानमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वित्त र मौद्रिक नीति समन्वय गर्ने काम चुनौतीपूर्ण देखियो : प्रधानमन्त्री


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय हुन नसकेको स्वीकार गरेका छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई)ले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले वित्त र मौद्रिक नीति समन्वय गर्ने काम चुनौतीपूर्ण देखिएको बताएका हुन् ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच टकराव भइरहेको गुनासोका बीच स्वयम् प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो संकेत गरेका हुन् ।

आफूले समन्वयका लागि धेरै प्रयास गरेको र अलिअलि भएजस्तो देखिएको भए पनि समन्वयमा चुनौती रहेको उनले बताए ।

अर्थतन्त्रको समस्याबारे आफू गम्भीर रहेको र यसमा गम्भीर सुधारको खाँचो महसुस गरेको प्रधानमन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस