दुर्लभ सुनकछुवासहित ६ जना पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दुर्लभ सुनकछुवासहित ६ जना पक्राउ


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । प्रहरीले दुर्लभ सुनकछुवासहित ६ जनालाई पक्राउ गरेको छ । 

वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाको कमाण्डमा प्रहरी टोली टोखा क्षेत्रको ‘अपरेसन’मा खटिएको टोलीले बिहीबार दिउँसो १ बजे टोखा नगरपालिका-५ स्थित सुनकोसी क्याफेबाट ६ जनालाई पक्राउ गरेको हो । 

दुई दिनअघि प्रहरी वृत्त महाराजगञ्जको टोलीलाई टोखाक्षेत्रतिर दुर्लभ वन्यजन्तुको किनबेच भइरहेको छ भन्ने सूचना प्राप्त भएको थियो। सोही सूचना पाएको २४ घण्टाभित्र प्रहरीले उनीहरूलाई पक्रन सफल भएको हो । 

पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका-१० का ३२ वर्षीय जयराम घिमिरे, काभ्रे नमोबुद्धका रहर तामाङ, उदयपुरको त्रियुगाका राजकुमार राई, काभ्रेकै नयाँबस्तीका सुदर्शन राई, सोहीका नारायण थामी र रुपक बस्नेत छन् ।

उनीहरूले उक्त कछुवा ३५ लाख रुपैयाँमा बिक्री वितरण गर्ने उद्देश्यले बोकेर हिँडेको प्रहरीको अनुसन्धानले देखाएको छ । दुर्लभ सुनकछुवा नेपालको तराई क्षेत्रमा पाइने गर्छ । यो संसारमै दुर्लभ प्राणी मध्येमा पर्छ ।

प्रहरीले उक्त कछुवाबारे थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय हात्तीसार काठमाडौँ पठाएको प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस