काठमाडौँ । सरकारले संविधान दिवसको अवसरमा कुनै पनि विभूषण वितरण नगर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाँड्ने निर्णय गरेको हो।
विभूषण वितरणलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।