सभामुखद्वारा प्रतिनिधि सभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभामुखद्वारा प्रतिनिधि सभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ।

सभामुख देवराज घिमिरेले सदनलाई उक्त विषयमा जानकारी गराएका हुन। सभामुख घिमिरे भने, ‘विसं २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गने निधन भएको हुनाले नेपालको संविधान ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त एक पद रिक्त भएको बैठकलाई जानकारी गराउँछु। ’पूर्वसभामुखसमेत रहेका नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।

प्रतिनिधि सभाको आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सभामुख घिमिरे उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका छन्।

बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट आएको पत्रका बारेमा सदनलाई जानकारी गराएका थिए।

अर्को बैठक आगामी असोज १४ गते आइतबार १ बजे बस्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस