४ वाणिज्य बैंकद्वारा लाभांश घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

४ वाणिज्य बैंकद्वारा लाभांश घोषणा


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । हालसम्म ४ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार माछापुच्छ्रे, एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकले लाभांश घोषणा गरेका हुन् ।

माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश वितरणका लागि ‘बुक क्लोज’को मिति असोज ८ गतेलाई तोकेको छ । अर्थात् असोज ७ गतेसम्म सेयर होल्ड गर्नेहरू मात्रै लाभांशका लागि योग्य हुनेछन् ।

त्यस्तै एभरेस्ट बैंकले १० प्रतिशत सेयर बोनस र १०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । हालै सानिमा बैंकले ९ प्रतिशत सेयर बोनस र ५.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । एनआईसी एसिया बैंकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकको बुक क्लोज मिति भने तय भइसकेको छैन ।

सञ्चालक समितिले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भइसकेपछि मात्रै लगानीकर्ताले पाउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस