सहायक वन अधिकृत घुस रकमसहित रङ्गे हात पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सहायक वन अधिकृत घुस रकमसहित रङ्गे हात पक्राउ


२८ भाद्र २०८०, बिहिबार


डोटी । डोटीमा नगद घुस रकम सहित एक जना सहायक बन अधिकृत पक्राउ परेका छन् ।

सब-डिभिजन वन कार्यालय बुडरका कार्यालयका प्रमुख सहायक वन अधिकृत भक्तराज गिरी नगद रु. पाँच हजार घुस सहित बिहीबार पक्राउ परेका हुन् ।

स्थानीय दाउरा व्यवसायी गणेश भण्डारीबाट पाँच हजार रकम लिँदै गर्दा स्थानीयले अधिकृत गिरीलाई रङ्गे हात नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । अधिकृत गिरिले यसअघि पनि दाउरा व्यवसायीबाट रु. १० हजार लिएको खुलेको छ ।

स्थानीय जयानन्द ओझाको लालपुर्जा भएको जमिनबाट कानुनी प्रक्रिया पूरा गरी डिभिजन बन कार्यालय डोटीले २०७९ साल चैत्र ३ गते कटानी आदेश दिएको व्यवसायी भण्डारीले बताए ।

उक्त दाउराको निकासीका लागि अधिकृत गिरीले १० हजार अगाडी नै लिइसकेको दोस्रो पटक सबै कर्मचारीलाई मिलाउने बहानामा थप रु. पाँच हजार लिने क्रममा गरी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुडरका इन्चार्ज नरभान साउँदले गिरीलाई नियन्त्रणमा लिइएको र विस्तृत अनुसन्धानका लागि आवश्यक सोधपुछ भइरहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस