नियमित काममा फर्किए विमानस्थल भन्सारका कर्मचारी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

नियमित काममा फर्किए विमानस्थल भन्सारका कर्मचारी


२८ भाद्र २०८०, बिहिबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले आन्दोलन रोकेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै कर्मचारीहरू आन्दोलन रोकेर नियमित काममा फर्किएका हुन् ।

नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रूपमा दुःख दिएको भन्दै उनीहरूले आइतबार साङ्केतिक विरोध स्वरूप ३ घण्टा पेन डाउन गरेका थिए भने २५ भदौमा कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गरेका थिए ।

भन्सार विभागसहित अर्थ मन्त्रालयले अनावश्यक रूपमा दुःख दिने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाएको भन्दै कर्मचारीहरू आन्दोलन रोकेर काममा फर्किएका छन् ।

विनाप्रमाण केही कर्मचारीहरू पक्राउ गरेको भन्दै उनीहरूले २७ भदौभित्र मागहरू सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरूसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका थिए ।

तर, प्रहरीले हिजो २७ भदौमा नै प्रहरीले अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात् कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस