राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

विसं २००९ फागुन २८ गते जन्मनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा ९एमाले० पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य थिए । उनी विसं २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष थिए ।

यसैगरी, २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति भएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्री समेत भएका थिए । संविधान सभा मार्फत नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी असोज १२ गते शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस