क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले आज बिहीबार निकालेको सूचना अनुसार अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने छ ।

यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट सङ्घ, जिल्ला क्रिकेट सङ्घ, नेपाल अम्पायर्स तथा कोरर्स सङ्घ र नेपाल क्रिकेट प्रशिक्षक सङ्घबाट चयन भएका प्रतिनिधिहरूले भाग लिन पाउने छन् ।

केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरू भइसकेको क्यानले जनाएको छ ।

क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले नै दोहोरिने तयारी गरेका छन् । कोषाध्यक्ष रोशनकुमार सिंहले पनि अध्यक्षमा उठ्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस