सुदूरपश्चिमका मुख्यमन्त्रीसहित सबै मन्त्री प्रदेशको एजेण्डा लिएर प्रधानमन्त्री भेट्न काठमाडौँमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिमका मुख्यमन्त्रीसहित सबै मन्त्री प्रदेशको एजेण्डा लिएर प्रधानमन्त्री भेट्न काठमाडौँमा


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुदूरपश्चिमका महत्त्वपूर्ण माग सम्बोधन गराउन प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा सबै मन्त्रीहरू काठमाडौँ पुगेका छन् ।

५ असोजदेखि चीनको भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री दाहाललाई सुदूरपश्चिमका महत्त्वपूर्ण दुई माग सम्बोधन गराउन उनीहरू काठमाडौँ आएका हुन् ।

मुख्यमन्त्री शाहसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, आर्थिक मामिला मन्त्री नरेश शाही काठमाडौँ पुगेका छन् ।

मुख्यमन्त्रीसहित केही मन्त्री हिजै काठमाडौँ पुगेका हुन् भने केही त्यस अघि नै काठमाडौँ पुगिसकेका थिए । कृषि मन्त्री चौधरी भने आज काठमाडौँ पुगेका हुन् ।

आज साँझ ५ बजे प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिमका दुई महत्त्वपूर्ण विषय चीन भ्रमणमा समेट्न आग्रह गर्न काठमाडौँ पुगेको एक मन्त्रीले बताए । उनका अनुसार उत्तर दक्षिण जोड्ने दुई नाका सुचारुका लागि चीन सरकारसँग समन्वय गर्न प्रधानमन्त्रीलाई मुख्यमन्त्रीसहितका मन्त्रीहरूले संयुक्त अपिल गर्ने भएका छन् ।

बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको ‍(ताक्लाकोट) सीमा नाका र महाकाली कोरिडोर हुँदै पुगिने तिंकर नाकाका विषय चीन भ्रमणको एजेन्डा नबाउन मुख्यमन्त्री सहितका मन्त्रीहरू काठमाडौँ पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस