२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कथा : ‘बुबाको मुख हेर्न जाँदा’

अ+ अ-

बजारमा तिजको रौनक छाएको र साथीभाइहरूको अनुहारमा खुसी देखिएता पनि यस वर्ष  पनि सीतालाई तिज खल्लो नै लागेर आएको थियो । नलागोस् पनि कसरी, दुई वर्षअघि कोरोनाकै कारणले आमाको मृत्यु भएपछि सीता टुहुरी झैँ भएकी थिई । जसले आमाबाट औधी माया पाएकी थिई । जस्तो सुकै कठिन परिस्थिति आउँदा पनि आमा सँग गुहार माग्थिन जुन उसलाई सहजै प्राप्त हुन्थ्यो । सीतालाई आज भक्कानिएर रुन मन लागेको थियो । आमा बिते पछि त झन् माइती भनेको त उसका लागि सपना नै भई सकेको थियो । भाइ,बुहारीले बोलाउन र फोन गर्न पनि छाडि सकेका थिए । कहिले काहीँ आफूले गरिहाल्यो भने पनि फोन उठ्दैनथ्यो । 

श्रीमान् दिनेशको घरमा प्रवेश सँगै दिनेशले सीतालाई सोध्यो “हन किन न्याउरो अनुहार बनाएर बसीराको यसपालि साथीहरू सँग दर खान जाने कार्यक्रम छैन क्या हो ?” सीताले टाउको निहुराई रही र केही पनि बोलिनँ । “कि यसपालि ख्वाउने पालो तिम्रो भएर साइड लाग्न खोजेकी ?” भन्दै दिनेशले ठट्टा गर्‍यो । त्यति मात्र के भनेको थियो सीता भक्कानिएर रुन थाली । दिनेश छक्क पर्‍यो “के भयो हँ तिमिलाई?” भन्दै सीताको टाउको हातले समाएर उठायो । “आज आमाको खुब याद आयो” भन्दै सीता झन् साहे रुन लागि । “ल ल चुप लाग तिम्रो पिडा मैले बुझेको छु भोली बुबाको मुख हेर्न जानु पर्छ बरु बुबालाई दिने के के सामाग्री किन्न पर्छ लौ बजार जाऊ यो पैसा लिएर” भन्दै दिनेशले कुरा लाई अर्कैतिर मोड्यो ।

आज बुवाको आँखाबाट आँसु बरबरी खसी रहेको थियो । कुनै बेला रोकी हाल्यो भने पनि एक्कासि खहरे खोलामा बाढी आएको जस्तो गरी आँखा बाट आँसुका धारा बग्न थाल्थे । दिन बित्न लागेको थियो बा को आँखामा जसरी बाढीको भेल झैँ आँसु बगेर आउँथ्यो त्यसरी नै त्यो आँखाले कसैलाई चाहरी रहेको  थियो ।

बेलुकाको ४ बज्न लागेको थियो आश्रमको अगाडी आएर एउटा गाडी रोकियो गाडीको आवाज सुनेर सोचे अनुसार बाको अनुहारमा एक किसिमको चमक देखियो । दुई जना व्यक्तिहरू गाडीबाट ओर्लिए र आश्रमको कार्यालय तर्फ लागे । एक जनाले आश्रमको व्यवस्थापकलाई आज कुशे औशी बुवाको मुख हेर्ने दिन भएकोले हामीले बुबा आमाहरूका लागि केही खाने कुरा लगायत फलफूल लिएर आएको तथा वितरण गर्न चाहेको  जानकारी गराए । व्यवस्थापकले उनीहरुरको परिचय लिई फलफूल वितरण गर्न अनुमति दिए । आगन्तुकहरूले आफूले ल्याएको सामाग्रीलाई थैलीमा प्याक गरेर आश्रममा प्रवेश गरी वितरण गर्दै सबै बुबा आमाहरूको आशीर्वाद थापे । अन्त्यमा एउटा थैली बाँकी रहे पछि । दुवै जनाले एक आपसमा कुरा गर्न लागे हामीलाई १६ जना भएको जानकारी दिएको थियो यहाँ त १५ जना मात्र रहेछन् त ? यति सुनेर एक जना आश्रममा रहेका बुबाले इसारा गर्दै अर्को कोठा तिर देखाए जहा बा एक्लै भित्ता तिर फर्किएर बस्नु भएको थियो । जो हरेक पल छोराको बारेमा सोची रहेका थिए अनगिन्ती प्रश्नहरूको झटारो आफैलाई हान्दै । जवाफ नभेटे पनि मनलाई सन्तोष दिन आस मार्न सकिरहेका थिएनन् । 

विगत…..

एक छोरा र एक छोरी गरी दुई सन्तानका बुबा झन्डै ७१ वर्षका थिए । घुँडा खिएको तथा बाथका रोगका कारण लट्ठीलाई साथी बनाई सकेका थिए । जेठी छोरी सीताको विवाह १५ वर्ष अघि भएको थियो र दुई छोरा छोरी समेत रहेका थिए भने कान्छा छोरा हरीको विवाह भएको ५ वर्ष भएको थियो तर हाल सम्म छोरा वा छोरी केही भएको थिएन । 

आज बुबा आश्रम आउनु भएको पनि ३ महिना बिती सकेको रहेछ । यतिको समय सम्म पनि न त छोराको फोन आयो न त छोरीले नै  कुनै खबर लिएकी थिई । बुबा सँग मोबाइल पनि थिएन कि कसै सँग कुरा होस् र पनि आज बारम्बार बाको आँखा झ्याल र ढोका तिर जान्थ्यो कसैको आसमा भनौँ कसैको पर्खाइमा ।

छोराले खासै कुनै राम्रो जागिर नपाएको तथा व्यापार व्यवसाय पनि गर्न नसकेको हुनाले घरमै बस्ने गर्दथ्यो घरकै स्याहार सुसार गर्दै । बुहारी एउटा डिपार्टमेन्ट स्टोरमा कर्मचारी थिइन । दुई चार पैसा कमाउने र घर व्यवहार चलाउने भएको कारण श्रीमान् हरीलाई आफ्नै नियन्त्रणमा राख्थिन । मुखाले स्वभाव भएको कारण ससुरा बालाई समेत झपार्न पछि पर्दिन थिइन । बुबा सँग सम्पत्तिको नाममा एउटा टाउको लुकाउने घर मात्र थियो त्यो पनि बुहारीले आफ्नो नाममा पारी सकेकी थिई । खर्च गर्नलाई बुबाको गोजीमा सुको पैसा हुँदैनथ्यो आएको बृद्घ भत्ताले बुवाले २,४ रुपैयाँको चिया खाजा खाने र तिर्न बाँकी रहेको बिमाको रकम नै तिर्न पनि धौ धौ पर्दथ्यो । वृद्ध भत्ता थाप्न बैङ्क जाने आउने भएको कारण बुहारीले बा सँग बैङ्कमा टन्न पैसा छ भन्ने सोचेकी थिई । खाता हेर्ने हो भने ५–१० हजार रकम बाहेक अरू केही थिएन । 

कहिले काहि खाना पकाउने समयमा बुहारी काममा जाने र छोरा कुनै काम विशेषले बाहिर जाँदा बाले खाना खान नपाई भोकै पनि बस्नु पर्ने स्थिति हुन्थ्यो । श्रीमान् बेगारी भएको र खाना पकाउनमा समेत सहयोग गरेनन् भनेर बूढाबूढीमा झगडा भई रहन्थ्यो । कहिलेकाहीँ बुहारी खाना नपकाई बिरामी परेको वाहाना गरी सुतिदिन्थी जसले गर्दा तिनै जना भोकै सुत्ने अवस्था हुन्थ्यो ।

श्रीमती जीको पारा तातिसकेको थियो , एक दिन श्रीमतीले हरीलाई बुबा सँग व्यापार व्यवसाय सुरु गर्न रु.५ लाख माग गर्न दबाब दिइन तर बुबाले पैसा दिने कसरी ? न त आफै सँग पैसा छ न त बैङ्कमा छ । यो विषयलाई लिएर बुहारीले जहिले झगडा गर्न थालिन । बुबा र छोरामा मनमुटाबको वातावरण सृजना भइसकेको थियो । एक दिन बुबाले चर्केर ठुलो आवाजमा छोरालाई के बोलेका थिए बुहारी कराउँदै तम्सेर रन्केर आई अपराध लागेर होला अचानक चिप्लेर लडी परिणाम स्वरूप कम्मर र घुँडामा गहिरो चोट लाग्यो, उठ्नै सकिन र हरीले समाएर बेडमा राख्यो । त्यो घटना पछि बुहारीले झन् ठुलो तमास सुरु गरी । अब यो घरमा यो बुडो बस्ने कि म बस्ने भन्दै निहुँ खोज्न थाली, अन्ततः केही सिप नलागे पछि छोराले बुबाको लागि वृद्ध आश्रमको ढोका घच्घच्याउन पुगेका थिए ।)

‘बुबा यता हेर्नुस् त’ भन्दै एक जनाले बोलाए, बुबा(सिताराम) आवाज सुनेर अगाडी फर्किनु भयो र यसो नियालेर हेर्नु भयो दुवै जना अपरिचित थिए । ‘बाबु ! हरि आएन ?’ भनेर बुबाले उनीहरूलाई सोध्नु भयो । ‘बुबा हामी हरि लाई चिन्दैनौ त ? हामी त हजुरहरूलाई फलफूल वितरण गर्न आएका हौ’ भने पछि बुबा झन् भक्कानिएर रुन थाल्नु भयो, आगन्तुकहरूले दिन लागेको फलफूल समेत ग्रहण गर्नु भएन अन्ततः उनीहरूले बुबाको भागको फलफूल व्यवस्थापकलाई जिम्मा दिई गए । बुबाको मानसपटलमा विगतका समयको ती सबै कुराहरू सिनेमा झैँ आउन थाले । कुशे औशीको दिन भएकोले बिहान देखिनै बाले छोराले लिन वा भेट्न आउँछ भनेर आश्रमको ढोका बाट पटक पटक बाटामा आउने जानेहरूलाई भ्याइ नभ्याई छोरा आयो कि भनी नियाली रहेका थिए । तर अब आउला अब आउला भन्ने आस गर्दा गर्दै दिन पनि उत्तरार्धतिर गई सकेको थियो । छोरा आउने आस मारी निराश भएर कोठामा एक्लै बसी श्रीमतीको मृत्यु पश्चात् छोराको बाल्य अवस्था देखिनै आफूले छोराछोरी हुर्काउन बढाउन गरेका दुःख सुखका दिन सम्झन थाले । बिरामी पर्दाको समयमा आमाबुबा दुवै जना कहिले डक्टरकोमा त कहिले धामी झाक्रिकोमा जाने गरेका, आर्थिक अवस्था कमजोर हुँदा हुँदै पनि छोराछोरीको उन्नतिको लागि भनेर दिनरात मेहनत गरेर राम्रै स्कुलमा पढाएका र बुढेश्कालमा छोरालाई बुहारी ल्याई सुख पाइएला भनेको त आज छोराले यस्तो गर्ला र यो दिन समेत देख्नु पर्ला भन्ने सपनामा पनि सोचेका थिएनन् बाले ।

बेलुकीको ५ बज्न लागेको थियो अर्को एउटा गाडी आश्रम अगाडी आएर रोकियो । गाडीको आवाज सुनेर बुबाको मन प्रसन्न भयो पक्कै छोरा आएको भान भयो । एक महिला र एक पुरुष बच्चाहरू सहित गाडी बाट ओर्लिए र आश्रमको कार्यालयमा गई केही सोधपुछ गरेर बुबा आमाहरू रहनु भएको भवन तिर लागे । परै बाट महिलाले “बुबा ! बुबा !!” भनेको आवाज सुनेर बुबा महिला तिर फर्किनु भयो महिलाले बुबालाई देखेर अँगालो हाली रुन थाली बुबा पनि छोरीलाई अचानक भेटेपछि झन् भक्कानिएर रुन थाले । ‘बुबा तपाई यहाँ आएको हामीलाई खबरै छैन, आज पनि श्रीमानको अफिसमा बढी काम भएर बल्लतल्ल २ बजे तपाईँलाई भेट्न निस्कयौं घर ३ बजे पुग्दा तपाईँको बारेमा हरीबाट थाहा पाई सोझै हामी यहाँ आएका हौँ’ भन्दै सीता बाबुको अनुहार हेरी रुन थाली नाति नातीना पनि रुन थाले ज्वाइँको आँखा समेत रसाएर आयो । 

केही क्षण पछिको भलाकुसारी पछि छोरी र ज्वाइँले आफ्नो घर जान आग्रह गरे तर बुबालाई झट्टै स्वीकार गर्न गाह्रो भयो बुबासँग एउटै झिनो आस मात्र बाँकी रहेको थियो छोरा आउँछ भनेर । समयले डाँडा काटी सकेको थियो झमक्क अँध्यारो हुन लागेको थियो र त्यो आस पनि हराए पछि , छोरी र ज्वाइँको आग्रह, नातीतीनाहरुको हजुरबुबा प्रतिको श्रद्धा र ढिपी र यता छोराबुहारीको व्यवहारले निराश बनाएको बुबा छोरी ज्वाइँको घर जान तयार भए ।

ज्वाइँले पनि आफ्नो बाबु आमा उ बेलामै गुमाएको हुँदा बाबु आमाको  कमी भएको पिडा र भविष्यमा आफू पनि वृद्ध अवस्थामा पुगिने हुँदा यस्तो अवस्थामा छोरा छोरीले झन् स्याहार सुसार गर्नु पर्ने भित्री मन बाटै सोची आश्रमको कार्यालयमा गई कागजी प्रक्रिया पुरा गरी ससुरा बुवालाई लिई घर हिँडे । 

हजुरबा सँगै जाने भए पछि नाति नातिनाहरुको खुसीको सीमा रहेन बालाई सिटको बिचमा राखेर रमाउँदै नाच्दै उफ्रँदै घर लागे । वास्तवमा आज छोरी ज्वाइँले एक असल अभिभावक पाएका थिए भने नाति नातिनाहरुले एक असल मित्र र शिक्षक पाएका थिए ।आमा नभए पनि आज  सीताले बुबा पाएकी थिइन यस पालीको तीज अझ राम्रो हुने सम्झँदै हर्षित मुद्रामा घर फर्किन ।

बुबा सीताराम आश्रम बाट निस्केको १५ मिनेट पछि नै अचानक फेरी अर्को गाडी आयो । गाडीमा अरू कोही नभई हरि र उसकी श्रीमती थिई । दुवै हतार हतार गरी गाडी बाट ओर्लेर बुबालाई भेट्न गए तर आश्रमबाट भरखरै छोरी र ज्वाइँले यहाँ हस्ताक्षर गरी घर लगेको जानकारी पाए । कुरा सुनेर हरि र उसकी श्रीमती अक्क न बक्क परे । 

एकले अर्कालाई दोष देखाउँदै तपाईँको र तिम्रो कारणले गर्दा यस्तो भयो भन्दै एक आपसमा झगडा गर्न थाले, हरीले तिमीले गर्दा बुबालाई आश्रममा राख्नु पर्‍यो, बुबा हामी सँगै रहनु भएको भए आज यो दिन देख्न पर्दैनथ्यो भन्दै श्रीमतीलाई कराउन र आशु झार्न थाल्यो । आशु नझर्ने कुरा पनि भएन किनकि बुबा नभएको पिडा उसले पनि महसुस गरेको थियो र ठुलो झट्का त झन् त्यति बेला पर्‍यो जब साँझको ५ बजेको समयमा विमा कम्पनीको एजेन्ट बाट फोन आयो, फोन हरीले उठाएको थियो “सितारामजीको घर यही होइन?” भनेर सोध्दा हरीले “हो यही हो” भनी उत्तर दिएको थियो र “म वहाँको छोरा हु” भन्ने जानकारी गरायो । बिमा कम्पनीको एजेन्टले “आज तपाईँको बुबा सितारामजीको २० वर्षको बिमा गरेको समयावधि पुरा भएको छ , वहाको सम्पूर्ण कागजातहरू मैले कम्पनीमा बुझाई दिएको थिए, वहाँको रु. १० लाखको चेक हिजै तयार भइसकेको थियो । आज कुशे औसि भएकोले आज नै वहाँको हातमा यो चेक दिऊ भनेर फोन गरेको म घरमै आएर दिन्छु ।” भनेर फोन राख्यो । 

खबर सुन्ने बित्तिकै हरी छक्क पर्‍यो । उसलाई याद आयो आज भन्दा २० वर्ष अघि कुशे औशिकै दिन दिदी सीता र आफै मिलेर बिमा कम्पनीका एजेन्टलाई घरमा डाकेर बुबाको बिमा गराएको थिए जुन कुरा हरीले बिर्सी सकेको थियो । आज त्यही १० लाखको चेक बोकेर हरी हतार हतार गरी बुबालाई लिन वृद्ध आश्रम पुगेको थियो तर दुर्भाग्यवश भेट हुन सकेन र दुबैजना पश्चापको आशु खसाल्दै घर फर्के ।

आज तिजको अघिल्लो दिन, सीताको घरमा जमघटशुरु हुन लागिसकेको थियो । सीता र उसका साथी राधा लगायतको समूहले बनाएको परम्परा अनुसार यसपालि सीता कै घरमा दर खाने कार्यक्रम थियो । साँझ पर्न लागेको थियो सीताका सबै साथीहरू रंगीविरंगी सारी लगाएर आई सकेका थिए । नाचगानको कार्यक्रम सुरु भई सकेको थियो सबै हासीखुसी रमाई रहेका थिए । त्यतिकैमा एक जना पुरुष र एक जना महिला सजिएर आई पुगे सीताले देख्ने बित्तिकै उसको हर्षको सीमा रहेन नबोलाएका विशेष अतिथि थिए भाइ बुहारी । दुवै जनालाई स्वागत गर्दै घरमा प्रवेश गर्न अनुरोध गरिन आज ऊ झन् खुसी भएकी थिइन किनकि सीताले माइतीलाई नै घरमा ल्याउन सफल भएकी थिइन ।

भाइ र बुहारीको बुबा सीताराम सँग भेट भयो । ‘बुबा आज हामी साँच्चै नै टुहरो भएको अनुभव गरिरहेका छौ हामी बाट भएको गल्तीलाई माफ गर्नु होस हामी लोभमा परेर आज यो दिन देख्न पर्‍यो । यो लिनुस् तपाईँको बिमा कम्पनी बाट आएको १० लाखको चेक, हामीलाइ यो रकम चाहिँदैन तर तपाई हामीसँगै नै घर बस्न हिड्नुस ।’

बुबा त्यसै पनि छटपटिएका थिए, बुबाको आँखा रसाएर आयो । ‘बाबु हरी मलाई यो रकमको के काम मलाई दुई छाक खान पाए पुग्यो ल यो मसँग रहेको चेक बुक लिएर जाऊ, यहाँ भएको सबै चेकमा हस्ताक्षर गरिदिएको छु, यो १० लाखको चेक बैक खातामा जमा गराएर बेलाबेलामा चाहिएको रकम जति झिकेर चलाऊ ।’

जुन बुबालाई हरि र उसकी श्रीमतीले बृद्धआश्रममा पु¥याएका थिए आज उनै बुबाले यस्तो बोलेको सुनेर दुबै जना धरधरी रुन थाले । “म केही दिन यतै बस्छु, तिमि यो रकमले काम सुरु गर काम राम्रो चल्न थाले पछि मलाई लिन आउनु अनि म सँगै जाउला” बुबाले भन्नु भयो ।

नाचगान गर्ने र दर खाने कार्यक्रम सम्पन्न भयो सीताका सबै साथीहरू बिदा भए भाइ र बुहारी पनि हिडन लागे तर बुबा, ज्वाइँ र सीताले “आज यतै बस्नु” भनी आग्रह गरे । आग्रह अस्वीकार गर्न सकिएन । परिवारका सबै सदस्यहरूको एक छानामुनि बास भयो ।

तिजको दिन गत वर्ष जस्तै यसपालि पनि सीता घर परिवारको उन्नति, प्रगति र श्रीमानको सुस्वस्थ, दीर्घायुको लागि निराहार बर्त बसेकी थिई र सँगै साथ दिई रहेकी थिई उसको भाइ बुहारी ।