आज यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक-दुई स्थानमा  मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको भइरहेको  छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक  बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका  केही  स्थानहरू लगायत देशका  पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी  भू-भागका  एक-दुई  स्थानमा मेघ गर्जन तथा चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस