एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शङ्कर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किएका छन् ।

महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ । हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस