उत्तर कोरियाली नेता उन र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

उत्तर कोरियाली नेता उन र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

उत्तर कोरियाली नेता उन रुस भ्रमणमा छन् । उनले रुसका राष्ट्रपति पुटिनसँग भेटघाट गरेको तस्बिर बुधबार सार्वजनिक भएको छ ।

सन् २०१६ मा रुसले बनाएको अन्तरिक्ष केन्द्र बास्तोचनी कोस्मोड्रोममा उनीहरूले भेटवार्ता गरेका हुन् । पुटिनले उनलाई अन्तरिक्ष केन्द्रको अवलोकन भ्रमण गराएको तस्बिरमा देख्न सकिन्छ । आफ्नो भूउपग्रह निर्माणमा लागेको उत्तर कोरियाका नेता उनले चासो पूर्वक केन्द्रको अवलोकन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आफ्ना देशका वरिष्ठ अधिकारीहरूसहित भेटवार्तामा बसेका दुई नेताले एक अर्काले गरिरहेका काम कारबाहीको समर्थन गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस