१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेटवर्कको समस्याले उपभोक्तालाई हैरान

अ+ अ-

गोरखा । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याले गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका उपभोक्ताले हैरानी खेप्दै आउनु परेको छ ।

गएको दुई महिनाभन्दा बढी समयदेखि त्यस क्षेत्रका उपभोक्ताले नेटवर्क समस्याका कारण र इन्टरनेट सेवा राम्रोसँग सञ्चालन नहुँदा कठिनाई भोग्दै आउनु परेको हो ।

जिल्लाको उत्तर पश्चिम अजिरकोट गाउँपालिकाको भच्चेकमा रहेको टेलिकमको टावरमा आएको समस्याका कारण टेलिकमको मोबाइल सेवा तथा इन्टरनेट दुरुस्त नचल्ने गरेको बारपाक सुलिकोट गाउँपालिकाका जीतबहादुर नेपालीले जानकारी दिए । ‘भच्चेकमा राखिएको नेपाल टेलिकमको टावरबाट बारपाक सुलिकोट गाउँपालिका विभिन्न क्षेत्रमा टेलिकमको फोरजी सेवा पुगेको छ, उनले भने, ‘अहिले टावरमा आएको समस्याले राम्रोसँग इन्टरनेटले काम गरेको छैन ।’

नेटवर्कमा आएको खराबीका कारण मोबाइल कल गर्दासमेत कुरा नबुझिने, फोन गर्दागर्दै काटिने समस्या भएको जीतबहादुरको भनाइ थियो । टेलिकमको टावरमा आएको समस्याले हैरानी खेप्नु परेको अधिकांश उपभोक्ताको गुनासो छ ।

कुराकानी गर्दा मोबाइल फोनमा आवाज नसुनिने समस्यासमेत रहेको अजिरकोट गाउँपालिका-३, भच्चेकका हरिप्रसाद देवकोटाले बताए । ‘मोबाइल छ तर कुरा गर्न परेको बेला काम परेको बेला कुराकानी गर्न नै गाह्रो हुन्छ, उनले भने, ‘फोन गर्दा फोन नै लाग्न गाह्रो र फोन लागे पनि कुरा बुझ्न समस्या हुने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस