अब एसइई नगर्ने प्रस्ताव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अब एसइई नगर्ने प्रस्ताव


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नरहने प्रस्ताव गरिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

विसं. १९९० सालमा नेपालमा एसएलसी परीक्षा बोर्डको स्थापना भएको थियो । ८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेर सामान्य संशोधन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस