इजरायली राजदूतले राष्ट्रपतिलाई बुझाए बीपीको दुर्लभ भाषण  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इजरायली राजदूतले राष्ट्रपतिलाई बुझाए बीपीको दुर्लभ भाषण 


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको एक दुर्लभ भाषण इजरायलले नेपाललाई बुझाएको छ । इजरायली राजदूत हनन गोदेर गोलडबर्गरले राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायल र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिङ्गो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए ।

सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेश्लन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा बीपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहार स्वरूप हस्तान्तरण गरेका हुन् ।

राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएका बेला हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्ताबेज उपहार उपलब्ध गराएकामा धन्यवाद दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस