भेरी नदीमा एक पुरुषको शव फेला, मेजर पण्डितको हुन सक्ने आशङ्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भेरी नदीमा एक पुरुषको शव फेला, मेजर पण्डितको हुन सक्ने आशङ्का


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । डोल्पाको खदाङ्ग भेरी नदीमा एक जनाको शव फेला परेको छ । उक्त शवको पहिचान भने खुलेको छैन । तर, केही दिनअघि डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएका थिए ।

मंगलबार भेटिएको उक्त शव मेजर पण्डित हुन सक्ने आशङ्का गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले जानकारी दिए । मेजर पण्डित यही भदौ १० मा त्रिपुराकोटबाट सम्पर्कविहीन भएका थिए । ३८ वर्षीय पण्डित सम्पर्कविहीन भएको १७ दिन पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘भेरी नदीमा भेटिएको लाशको भने पहिचान हुन सकेको छैन । डीएसपी सावको टोली उतै छ, हराएका मेजर पण्डितको लाश हो कि भन्ने आशङ्का भने गरेका छौँ । अनुसन्धान भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस