नेम्वाङको शोकमा सारियो संसद बैठक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेम्वाङको शोकमा सारियो संसद बैठक


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । भोलिको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सारिएको छ । संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा संसद बैठक सारिएको हो ।

भोलि बुधबार १ बजे बस्ने भनिएको बैठक बिहीबार ३ बस्ने गरी सारिएको संसदको महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ ।

सूचनामा भनिएको छ, ‘संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवास चन्द्र नेम्वाङ्गको असामयिक निधन भएको कारण मिति २०८० साल भदौ २७ गते बुधबार दिनको १:०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि मिति २०८० साल भदौ २८ गते बिहीबार दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस