रोहित शर्माले पूरा गरे एक दिवसीय क्रिकेटमा १० हजार रन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रोहित शर्माले पूरा गरे एक दिवसीय क्रिकेटमा १० हजार रन


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।

एसिया कप क्रिकेटको सुपर फोरमा श्रीलङ्कासँगको खेलमा रोहित शर्माले १० हजार रन पूरा गरेका हुन् । श्रीलङ्काका कसुन रजिथाको बलमा छक्का प्रहार गर्दै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

रोहित एक दिवसीय क्रिकेटमा १० हजार रन पूरा गर्ने छैटौँ भारतीय खेलाडी बनेका छन् । यसअघि सचिन तेन्दुलकर (१८४२६), विराट कोहली (१३०२४), सौरभ गाङ्गुली (११३६३), राहुल द्रभिड (१०८८९) र महेन्द्रसिंह धोनी (१०७७३) ले एक दिवसीय क्रिकेटमा १० हजार रन पूरा गरेका थिए ।

यस्तै रोहित एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने दोस्रो खेलाडी भएका छन् । उनले २ सय ४१ पारीमा यो उपलब्धि हासिल गरेका छन् । रोहितभन्दा अघि भारतकै अर्का क्रिकेटर विराट कोहली छन् । उनले २ सय ५ पारीमा १० हजार रन पूरा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस