नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेता च्यासलमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेता च्यासलमा


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरू एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राष्ट्रिय झण्डा ओढाएकी थिइन् । उनी भावविह्वल देखिएकी थिइन् ।

अहिले अन्य पार्टीका पनि नेताहरू, पार्टी कार्यकर्ताहरू, शुभेच्छुक र व्यवसायीहरू पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगेका छन् ।

गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस