काठमाडौँ १६ मा महर्जनले पाए कार्यवाहक अध्यक्षको जिम्मेवारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काठमाडौँ १६ मा महर्जनले पाए कार्यवाहक अध्यक्षको जिम्मेवारी


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ ।

सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।

महानगरका अनुसार सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गरिएको थियो ।

वडाध्यक्ष मुकुन्द रिजालको २१ भदौमा असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस