नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली अर्पण गरे ।

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरू श्रद्धाञ्जलीका लागि त्यहाँ पुगेका छन् । प्रतिनिधिसभामा इलामबाट निर्वाचित सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस