आज सुनको मूल्य स्थिर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आज सुनको मूल्य स्थिर


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको कारोबार सोमबारकै बजार मूल्यमा भइरहेको छ ।

महासङ्घका अनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ४५० तोकिएको छ ।

मंगलबार चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएकोमा मंगलबार भने १ हजार ४०५ रुपैयाँ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस