देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहित भएको बताएका छन् ।

उनले नेकपा(एमाले)का उपाध्यक्ष समेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ भने । ‘प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, उनले भनेका छन् ।

नेम्वाङको हृदयघातबाट गए राति १:३० बजे निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस