नेम्वाङको निधनपछि समाजवादी मोर्चाको सन्देशसभा स्थगित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेम्वाङको निधनपछि समाजवादी मोर्चाको सन्देशसभा स्थगित


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज हुने भनिएको समाजवादी मोर्चाको सन्देशसभा स्थगित भएको छ ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि मोर्चाले आजको लागी तय भएको कार्यक्रम स्थगित गरिएको हो ।

समाजवादी मोर्चाले यसअघि भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्ने तय गरेको थियो। त्यतिबेला पनि मोर्चाभित्रको आन्तरिक असमझदारीका कारण सभा स्थगित भएको थियो।

मंगलबार तय भएको सन्देश सभा भने नेम्वाङको निधनको शोकमा स्थगित गरिएको हो ।

नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङको मंगलबार बिहान १:५० बजेतिर निधन भएको हो। हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका नेम्वाङलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस