डोटीमा नेपाली सेनाको सि.सं.६ सैन्य आधार तालिम सम्पन्न « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

डोटीमा नेपाली सेनाको सि.सं.६ सैन्य आधार तालिम सम्पन्न


२६ भाद्र २०८०, मंगलबार


डोटी । डोटी स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गणले संचालन गरेको सि.सं.६ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सोमबार सम्पन्न भएको छ ।

२०७९ मङ्सिर १ गतेबाट सञ्चालन भएको आधार तालिममा श्री नं ५ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी दीपेश जङ्ग शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तिम दलेल कवाजमा ९७ जना सैन्य प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै बाहिनी पति शाहले सेना बलियो भए मात्र देश बलियो हुने भन्दै सिपाहीको कर्तव्य, जिम्मेवारी एवम् दायित्वको बारेमा स्मरण गराउँदै जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम कटिबद्ध रहन निर्देशन दिएका थिए ।

श्री नं ५ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी शाहले तालिमे सैन्यहरूबाट सलामी ग्रहण गर्नुका साथै कवाज निरीक्षण, तालिमको दौरान विभिन्न विद्यामा उत्कृष्ट भएका सैन्यहरूलाई पुरस्कार समेत प्रदान गरेका थिए ।

डोटी जिल्ला सदरमुकाम सिलगढी स्थित टुँडिखेल मैदानमा आयोजना गरेको कार्यक्रममा श्री नं ५ बाहिनी अड्डाका बाहिनी पति, भैरव प्रसाद गणका गणपति,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी निकायका प्रमुख तथा सैन्यहरूका आफन्त लगायतको उपस्थित रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस