पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले गरे पद बहाली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले गरे पद बहाली


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । पशु सेवा विभागका महानिर्देशकमा डा. उमेश दाहालले पद बहाली गरेका छन् । केही दिनअघि विभागको जिम्मेवारी दिइएका दाहालले सोमबार पदवहाली गरेका हुन् । उनी नेपाल लाई स्टक सेक्टर इनोभेसन आयोजनाको आयोजना निर्देशकका रूपमा कार्यरत थिए ।

नयाँ महानिर्देशकमा दाहाल पठाइएसँगै त्यहाँ कार्यरत सम्झनाकुमारी काफ्लेलाई किसान आयोगमा पठाइएको छ । लम्पी स्किनमा जिम्मेवारी पुरा गर्न नसकेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्री बेदु राज भुसाल असन्तुष्ट बनेका थिए ।

पछिल्लो समय लम्पी स्किनबाट ठुलो पशुधनको क्षति भएको छ । हजारौँ पशुहरूको मृत्यु भएको छ भने लाखौँ गाईभैसी सङ्क्रमित छन् । जसबाट पचासौँ अर्ब क्षति भएको अनुमान छ । चैतदेखि फैलिएको रोग देशव्यापी भइसक्दासमेत मन्त्रालयले नियन्त्रण गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस