२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्नुपर्छ : उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।

आज (सोमबार) आयोजित ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’ को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले  भने, “दुई दशकयता सूचना प्रविधि क्षेत्रमा मुलुकले उल्लेख्य प्रगति हासिल गरे पनि त्यसैमा सन्तोष मानेर हामी बस्नु हुन्न । हामीले यो क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आवश्यक छ ।”

उपराष्ट्रपति यादवले मुलुकमा सूचना तथा प्रविधि शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेकामा फाउन्डेसनको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाललाई चाहिने जनशक्ति उत्पादनमा यो संस्था थप प्रतिबद्ध भई सक्रिय रहने विश्वास लिएको बताए। उनले फाउन्डेसनले चार वर्षयता सातै प्रदेशमा एक/एक जना महिलालाई निःशुल्क शिक्षा उपलब्ध गराएर शिक्षाका माध्यमबाट थोरै भए पनि महिलाको सशक्तीकरणमा योगदान पुर्‍याएकामा खुसी व्यक्त गरे ।

“नेपालमा सूचना प्रविधिको विकाससँगै यस क्षेत्रमा नीतिगत तथा कानूनी आधारशिलाहरू तयार भइसकेका छन । यसको एउटा प्रमाण “नयाँ पुस्ता प्रविधिमैत्री’ हुनु पनि हो”, उपराष्ट्रपति यादवले भने, “प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ । भरपर्दो र गुणस्तरीय शिक्षामार्फत सेवा क्षेत्रमा दक्ष जनशक्तिसहितको रोजगारी उपलब्ध गराउन सके मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ । यो क्षेत्रमा थप विस्तारका लागि थप वातावरण तयार गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्दछ ।”

उहाँ“ले पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै स्वदेशमै भविष्य नदेखेर पलायन हुनुपर्ने बाध्यता टार्न व्यावहारिक, सीपमूलक र जीवनोपयोगी शिक्षा हाम्रो आवश्यकता भएको बताए । उनले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा २५ वर्षको यात्रा पूरा गर्दै रजत महोत्सव मनाइरहेकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस