‘ढुक्क हुनुहोस् पाँच वर्ष यही गठबन्धन चल्छ’ : प्रधानमन्त्री « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘ढुक्क हुनुहोस् पाँच वर्ष यही गठबन्धन चल्छ’ : प्रधानमन्त्री


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने दाबी गरेका छन् ।

सोमबार विराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न पुगेका ‘प्रचण्ड’ले विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

उनले भने, ‘पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस् ।’

मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस