श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्री ‘प्रचण्ड’को छलफल  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्री ‘प्रचण्ड’को छलफल 


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम गन्तव्य देशका राजदूत र कूटनीतिक नियोग प्रमुखसँग छलफल जारी छ। 

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने विषयमा विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँगको छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

छलफल सिंहदरवारमा जारी छ। श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुनेछ।

सचिवालयका अनुसार वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस