पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा. भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन् । उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई भेटेका थिए । मन्त्री बस्नेतले उनीहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बताए ।

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । 

खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना भएका नेपाली काँग्रेसका सहमहामन्त्री यादव र डेंगी तथा मुटुको समस्याले अस्पताल भर्ना भएका मन्त्री कार्कीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस