‘तेस्रो कार्यकाललाई काम गर्ने अवसरको रूपमा लिएको छु’ : प्रधानमन्त्री  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘तेस्रो कार्यकाललाई काम गर्ने अवसरको रूपमा लिएको छु’ : प्रधानमन्त्री 


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू राम्रो काम गरेर देखाउन तेस्रोपटक प्रधानमन्त्री भएको बताएका छन्।

प्रधानमन्त्रीका रूपमा आफ्नो तेस्रो कार्यकाललाई अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले प्रधानमन्त्री भएसम्म राम्रो काम गर्ने उनको भनाइ छ। 

आइतबार हेटौँडामा चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले राम्रो काम गर्दा पदबाट हटाइन्छ कि भन्ने चिन्ता नभएको प्रस्ट पारे।

‘म प्रधानमन्त्री भएदेखि नै सरकारले धेरै राम्रा कामहरू गरिरहेको छ। सरकारले देशमा व्याप्त रहेको भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध अभियान नै सञ्चालन गरेको छ। म प्रधानमन्त्रीहुन्जेल यो अभियान रोकिन्न,’ उनले भने।

केही व्यक्तिलाई आफ्नो सरकारले चालेको सुशासनको अभियान मन नपरेको उनले दाबी गरे। कुशासनबाट फाइदा लिइरहेकाहरू सुरुदेखि नै अभियानबाट आत्तिएको दाबी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचार र सुशासनका पक्षमा भइरहेको अभियान नरोकिने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस